–माधव अधिकारी
काठमाडौ। स्वयम्भूस्थित प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको विकासका निम्ति सामूहिक प्रयास आवश्यक रहेको बताउँदै स्थानीयस्तरका सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Man Mohan Hospitalअस्पतालले शनिबार सीतापाइलास्थित शिशु निकुञ्ज स्कुलमा अस्पतालको विकासका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन् ।

पूर्वभूमि सुधार मन्त्री विक्रम बहादुर थापाले अस्पतालप्रति सवै पक्ष सकारात्मक रहेकाले यसको विकास गर्दै नमुना अस्पताल बनाउनुपर्नेमा जोड दिए।

पूर्वशिक्षा मन्त्री राधाकृष्ण मैनालीले मनमोहन हस्पिटलले सर्वसाधारणले धान्ने शुल्कमा आम नागरिकको सेवा पुर्याएको बताए । पूर्वसासंद नन्दकुमार प्रसाईँले बिरामीलाई दिने एक्स–रे सेवा, शल्यत्रिया, चौबीसै घण्टा विरामी चेक, जाँच, ल्याव जस्ता सेवा सुविधा प्रभावकारी ढङ्गले सुचारु गर्दै जानुपर्ने अस्पताललाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे।

समारोहमा सहकारी अभियन्ता केशव पोखरेलले नेपालको सहकारी आन्दोलनमा सबैभन्दा ठूलो परियाजना भएकाले यसमा सबैको साथको आवश्यकता औँल्याए। शिशु निकुञ्जका भाइस प्रिन्सिपल सुनील श्रेष्ठले संस्थागत र सामुदायिक विद्यालयका विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने र अस्पतालमा उपलब्ध हुन नसकेका सेवाका लागि अन्यत्र रेफर गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाकी सहसचिव हेमलता मुडभरीले भौतिक पुर्वाधारहरुको निर्माण सेवासुधिवाहरुको विकास र बिस्तार गर्दैजाने गरी कार्ययोजनाहरु निर्माण भएको बताइन् ।

अस्पतालका निर्देशक चुडामणि चुडालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल,संघसंस्थाका प्रतिनिधिले बोलेका थिए।
प्रकाशन मिति–२०७३ साल फागुन २१ गते शनिवार ।