Kalaकाठमाडौ। नेपालका पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले क्यानभासमा सूर्यको चित्र कोरेर कला–यात्राको कला प्रदर्शनी प्रारम्भ गरेका छन्। काठमाडौको बबरमहलस्थित आर्ट काउन्सिलको आर्ट ग्यालरी हलमा आयोजित समारोहमा मन्त्री पोखरेलले क्यानभासमा चित्र कोरेपछि पर्रर तालीका साथ कला यात्राको कला प्रदर्शनी प्रारम्भ भएको उद्घोष गरिएको थियो।

Kala Yatra 2

ललितपुरको सौगल स्थित योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा प्रारम्भ गरिएको कला यात्राको कला प्रदर्शनी कार्यक्रममा पर्यटन सचिव दिनेशकुमार थपलिया, कारितास नेपालका निर्देशक फादर पियुष लगायतका गन्यमान्य व्यक्तिहरुको साथमा बरिष्ठ कलाकार तथा कलानुरागीहरुको विशेष उपस्थिति रहेको थियो। यसअघि प्रथम चरणको कला यात्रा ललितपुरको गोदावरी र चापागाउंमा गरिएको जानकारी आयोजक योङ्ग पिकासोका कार्यकारी प्रमुख तथा प्रसिद्ध कलाकार अजय देसारले बताएका छन्।

Kala Yatra 5

गत कात्तिक २१ र २२ गते आयोजित उक्त कला यात्रामा विभिन्न कलाकारहरुले सिर्जना गरिएका कलाकारितालाई जस्ताको तस्तै ्कला प्रदर्शनी गरिएको जानकारी पनि कलाकार देसारले दिएका छन्। २८ जना कलाकारका कलाहरुलाई कला यात्राको प्रदर्शनीमा राखिएको छ। पौष १४ गते मंगलबारबाट प्रारम्भ भएको कला यात्राको कला प्रदर्शनी आर्ट काउन्सिलमा पौष १८ गते शनिवारसम्म चल्ने भएको छ।

प्रकाशन मिति–२०७२ साल पुष १४ गते मंगलबार ।