काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले विशेष सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले धादिङमा आयोजित कार्यक्रममा सहयोग गरेको हो।

धादिङको बेनीघाट जोगिमारास्थित कोरसाङ चेपाङ गाउंमा रहेको श्रीकोरेसाङ आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरिएको छ। मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टका अध्यक्ष दिनेश खनाल तथा सिइओ मोहना क्षेत्री उक्त स्कुलमा नै पुगेर स्कुल व्याग विद्यालयका विद्यार्थीहरुलाई प्रदान गरेका हुन्।

केही न केही सामाजिक सहयोग गर्ने संस्थाको उदेश्यअनुरुप आफूहरुले सहयोग गरेको सिइओ मोहना क्षेत्रीले भिजन संसारलाई भनेकी छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।