Late Tez Bahadur Maharjan-Father of Vetran Artist Mr.Swatantra Sansar Maharjan.

काठमाडौ। नेपाली तथा नेपालभाषाका मल्टीट्यालेन्टेट कलाकार तथा इभेन्ट म्यानेजर स्वतन्त्र संसार महर्जनलाई पितृशोक परेको छ।

आइतवार दिउंसो १ः४० बजेतिर कलाकार महर्जनका ६५ बर्षिय पिता तेजवहादुर महर्जनको उपचारको क्रममा पाटनको पुलचोकस्थित निदान अस्पतालमा निधन भएको हो।

पाटन खोकनाका सफल कृषक तथा समाजसेवी समेत रहेका स्वर्गवासी तेजवहादुर महर्जनका एक छोरी र दुई छोरामा कान्छा छोरा स्वतन्त्र संसार महर्जन हुन्।

स्वर्गवासी तेजवहादुर महर्जनको आइतवार नै खोकनाको सिकालीमा दाहसंस्कार गरिएको छ।
प्रकाशन मिति–२०७४ साल माघ १५ गते सोमवार ।