काठमाडौ। नेपालको काठमाडौ मण्डिखाटारमा रहेको भारतको बाबा रामदेवको पतंञ्जली योग समिति अन्तर्गत बालआश्रम पनि रहेको छ। नेपालमा आएको विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट अभिभावक गुमाएका ५० जना बालबालिकाको आश्रय स्थल उक्त आश्रम बनेको छ।

जसमा नेपालको सिन्धुपाल्चोक तथा गोरखा जिल्लामा महाभूकम्पका कारण अभिभावक गुमाएका बालबालिकालाई आश्रय दिएर तिनको उचित पालन–पोषण तथा शिक्षा दिने कार्य भैरहेको आश्रमको शिक्षिका रीता कार्कीले भिजन संसारलाई बताएकी छन्। तिनै महाभूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाहरुको लागि जाडोका न्याना लुगा तथा खानेकुरा प्रदान गर्ने कार्य भएको छ।

लायन्स क्लब अफ काठमाडौ स्वनिगःको आयोजनामा जाडोमा न्याना लुगा तथा खानेकुरा वितरण गर्ने कार्य भएको हो। शनिवार मण्डिखाटार पतंञ्जली बालआश्रममा आयोजित कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु तथा फस्ट भाइस प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठको नेतृत्वमा न्याना लुगा तथा खानेकुरा वितरण गरिएको हो। साथमा नगद २० हजार नगद सहयोग पनि प्रदान गरिएको छ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ स्वनिगःका सदस्यहरुले आश्रमका बालबालिकाहरुलाई आ–आफ्ना अनुभव र अनुभुति सुनाएर बाल–बिकास कार्यमा उल्लेखनिय मदत समेत गरेको आश्रमका प्रमुख योग गुरु लबदेवले भनेका छन्। कार्यक्रममा आश्रमका बालबालिकाले गुरुकुल शिक्षालाई अंगिकार गरेर सिकेका शिक्षा तथा योगलाई प्रस्तुत गरेका थिए।

प्रकाशन मिति–२०७४ साल पुष २९ गते शनिवार ।