काठमाडौ। महाशिवरात्रीका दिन विशेषत काठमाडौको पाशुपात क्षेत्र भगवान पशुपतिनाथ वरपर धर्मका नाममा नागा बाबाहरुले अश्लिल प्रदर्शन गर्ने गरेका छन्। उनीहरुको त्यो अतिवाद शैलीको अश्लिलतालाई रोक्ने प्रयास खासै भएको देखिदैन।

यो बर्षवाट यसलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आइतबार मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो।

रिट निवेदनमा भनिएको छ, ‘शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।’

निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान हुने जस्ता कुरीतिलाई कानूनीरुपमा बन्देज लगाउनुपर्ने, भाङ, धतुरो खाएर महिला र बालबालिकामाथि हुने यस्तो खालको विकृति रोक्न आदेशको माग गरिएको छ।

प्रकाशन मिति–२०७४ साल माघ २८ गते आइतवार ।