No under wear 3काठमाडौ। महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथि रोक लगाईएको सुनिएको छ । महिलाहरुले पेन्टी लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ। तर विश्वमा यस्ता देशहरुपनि छन्। जहाँ महिलाहरुलाई अन्डरवियर लगाउन कानूनत बन्देज गरिएको छ।

सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन् । जहाँका महिलाहरुलाई अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ। जसको विरोधमा हालसम्म त्यहाँका महिलाहरुले धेरै आन्दोलन गरिसकेका छन्। तर,त्यहाँका सरकारले उनीहरुको मागको सुनुवाई गरेकोे छैन्।

No under wear 2

ती देशका कानूनमा त्यहाँ लेसवाला अन्तवस्त्रको उत्पादन, आयात एवम् बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ। त्यहाँको कानूनको बिरोधमा त्यहाँका महिलाहरुले हालै पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन समेत गरिसकेका छन् ।

प्रदर्शनका बेलामा प्रहरीले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत गरे। त्यहाँको महिलाहरुले जस्तोसुकै आन्दोलन गरेतापनि ती देशका सरकार उक्त कानून फुकुवा गर्ने पक्षमा देखिएका छैनन् । त्यसो किन गरेका हुन र के कारणले त्यसो गरेका हुन भन्ने खुलाउने कार्य हालसम्म ती देशले खुलाएको पाइदैनन्। (एजेन्सी)
प्रकाशन मिति–२०७२ साल चैत्र ६ गते शनिवार ।