Ratu River jam

काठमाडौ। नेपालको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषाको सिमानामा पर्ने रातु नदीको पुल भाँचिएपछि त्यहांको यातायात सञ्चालनमा समस्या भएको छ। केही दिनअघिको वर्षाका कारण रातु नदीमा आएको बाढीले पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको व्यवस्था गरिए पनि पटकपटक समस्या पर्ने गरेको स्थानीयको भनाई रहेको छ।

बाढीले डाइभर्सनसमेत बगाउने गरेकाले महोत्तरीको बर्दिवासमा सवारी साधनको जाम हुने गरेको छ । डाइभर्सनबाट नदी पार गर्न सवारी साधनले धेरै समय कुर्नुपर्दा बर्दिवासमा जाम हुने गरेको हो । सवारी साधनको जामकै कारण सर्वसाधारणलाई आवतजावत गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न तथा नगरको सरसफाईमा समेत समस्या भएको छ ।

रातु नदीको क्षतिग्रस्त पुलमाथि सडक डिभिजन कार्यालयले बेली ब्रिज निर्माण गर्न थालेको छ ।बेली ब्रिज निर्माणको काम सकिन अझै १५ दिन लाग्ने सडक विभागले जनाएको छ ।
प्रकाशन मिति–२०७४ साल भाद्र २८ गते बुधवार ।