honeyकाठमाडौ। मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलार्इ फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ ।

अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदै । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ ।

गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनचतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ ।

honey

महका फाइदा
१. अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२. पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउंमा मह दिन सकिन्छ ।
३. बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४.शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८. हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
९. पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०. सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११. महले मांसपेशिहरु बलवती हुन्छ ।
१२.बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३.अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४. सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।
१५. कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

honey

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी

–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।

–महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।

–अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।

–चिया र कफीको साथ मह विष समान हुन्छ ।

–महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।

– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।

–चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।

–तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।

–मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।

–निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।

–महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।

-मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ।

–वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ ।

–मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।

–मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।

–एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ।

–बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।

–यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक पुर्याउंछ । एजेन्सी

प्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।