dr-baburam-bhattaraiकाठमाडौ। नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन भएको छ। कार्यसमिति विघटन गरेर यस पार्टीका नेता डा. बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन भएको छ।

संयोजक डा. भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेका छन्। डा. भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया हाललाई अन्त भएको भनेका छन्।

नेता डा. भट्टराईले नेकपा माओवादी केन्द्रसँग पनि एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। एकताबारेको प्रश्नमा डा.भट्टराईले भनेका छन्– “प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन्।”

डा. भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताएका छन्।
प्रकाशन मिति–२०७४ साल साउन १३ गते शुक्रबार ।