Indu Rana makkai 1काठमाडौ। केही दिनयता काठमाडौको मौसममा निक्कै परिवर्तन आएको छ। विहानको तुलनामा दिउंसो एकाएक परिवर्तन हुने मौसमले निक्कै चिसो बढ्ने गरेको छ।

पानी पर्न नसकेको मौसममा आकाश खुल्न सकेको देखिदैन। नखुलेको आकाशमा घामको किरण देख्न नपाउंदा चिसो तथा दिक्दार लाग्दो मौसमवाट बच्न काठमाडौवासीहरु मक्कै–भट्टमास भुटेर रमाउन थालेको पाइन्छ। यो मौसमवाट बच्न मक्कै–भट्टमासको साथमा गुन्द्रुक सांढेर खानका लागि मक्कै–भट्टमास भुट्न काठमाडौ विजेश्वरीकी गृहिणी इन्दु रानामगर तल्लिन भएको विहीवार भेटियो।

Indu Rana makkai 2

भिजन संसारको क्यामेरा अगाडि लजाउंदै जाडो भगाउन मक्कै–भट्टमास नै उपयुक्त भएको तर्क दिदै इन्दुले अर्गानिक मक्कै–भट्टमास जाडो मौसमको लागि स्वास्थ्यवर्धक भएको समेत दावी गरेकी छन्। जाडोमा शरीरलाई न्यानो दिने मात्र नभइकन ऊर्जा प्रदान गर्ने मक्कै–भट्टमास खाने परम्परागत प्रचलन नै भएको उनले भनेकी छन्। मक्कै–भट्टमास माघको जाडोमा काठमाडौमा इन्दु रानामगरको परिवारमा जस्तै प्रायका परिवारमा खाने प्रचलन बढ्दो रहेको छ।

प्रकाशन मिति–२०७२ साल माघ १५ गते शुक्रबार ।