काठमाडौ। नारायणगढ–मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ ।

रातिको समयमा ६ घन्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखन्ड आज शनिबार देखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। जसअनुसार पुष २९ गतेदेखि माघ २ गतेसम्म खुल्ला हुने भएको छ।

थारु समुदायको माघी पर्व सुरु भएको र माघेसंक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो ।
प्रकाशन मिति–२०७४ साल पुष २९ गते शनिवार ।