Madhav Kumar Nepal in Gaurकाठमाडौ। नेकपा एमालेलाई मधेशमा मधेश विरोधी पार्टीको रुपमा लिइन थालेको छ। मधेशमा नेकपा एमालेलाई विस्थापित गर्न र गराउन मधेशी मोर्चा कम्मर कसेर लागेको पाइएको छ। यसले गर्दा मधेशमा नेकपा एमालेका कुनैपनि कार्यक्रम भएमा र हुने गरेमा त्यसलाई विथोल्ने कार्य मोर्चाले गर्न थालेका छन्।

यसैक्रममा आइतवार नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आफ्नो गृहजिल्ला रौतहटको गौर पुग्दा त्यहा दिनभर जस्तो नै तनाब भयो। नेकपा एमाले नेता नेपाल संलग्न कार्यक्रममा मधेशी मोर्चाका नेता कार्यकर्ताले सो कार्यक्रम बिथोल्न खोजेपछि सुरक्षाकर्मी र प्रर्दशनकारीबीच गौरका विभिन्न चोकमा झडप भएको हो।

बिपी चोकमा भएको झडपमा केही सुरक्षाकर्मी घाइते भएका छन्। गम्हरीया पर्सा गाविस १ का नन्दकिशोर पटेलको प्रहरीले लाठी प्रहार गर्दा टाउको फुटेको छ। सशस्त्र प्रहरीका जवानले झडपको तस्बिर खिचिरहेका पत्रकार प्रभात झालाई समेत कुटपिट गरेका छन्।

कुटपिट बाट पत्रकार झाको दुवै खुट्टा र पेटमा चोट लागेको छ। मोर्चाका कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको भारतीय नम्बरको एउटा जिपमा आगजनी गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ। दिनभर गौर बजार बन्द भएको छ।

मुख्य बजारमा सुरक्षा निकायले सर्वसाधारणलाई आवतजावतमा समेत रोक लगाएका थिए। कडा सुरक्षाकाबीच गौर पुगेका नेता नेपालले जिल्ला प्रहरी कार्यालय छेउमा रहेको चौरमा नव प्रवेशीलाई स्वागत गरी करिब एक घण्टा कार्यक्रमलाई सम्बोधन गरेर फर्किएका थिए। 

Gaur 2प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।