Modern Schol Progm 1

काठमाडौ। भक्तपुरको दधिकोट स्थित मोडर्न हायर सेकेण्डरी स्कुलको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेस्टको आयोजना भएको छ।

Mr. Modern & Miss Modern Bishal Basnet & Pallavi Thapa
Mr. Modern & Miss Modern Bishal Basnet & Pallavi Thapa

स्कुलका विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न आयोजित कार्यक्रममा विशाल बस्नेत र पल्लवी थापा मिस्टर एण्ड मिस मोडर्न बनेका छन्।

Modern Schol Progm 7

५६ जना विद्यार्थीहरुले भाग लिएको कन्टेस्टमा टप सेभेनमा परेका सात जना छात्र तथा सात जना छात्रा वीच फाइनल कम्पिटिसन भएको थियो।

Modern Schol Progm 3

जसमा मोडर्न ट्यालेन्ट गर्ल समी बज्राचार्य र मोडर्न ट्यालेन्ट ब्वाई रोविन खत्री बन्न सफलता प्राप्त गरेका छन्।

Modern Schol Progm 4

चर्चित अभिनेत्री शुभेच्छा थापाको प्रमुख आतिथ्यता तथा मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी म्यानेजिङ्ग डाइरेक्टर एवम् गायिका मोहना क्षेत्रीको आतिथ्यतामा कार्यक्रम भव्य तथा सभ्य रुपमा संपन्न भएको थियो।

Modern Schol Progm 5साथमा स्कुलका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। स्कुलका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल तथा प्रिन्सिपल अनिल कसपालले यो कार्यक्रम स्कुलको गौरबमय कार्यक्रम भएको र यसले विद्यार्थीहरुलाई ऊर्जाशील बनाउन उत्प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गरेका छन्।

Modern Schol Progm 6प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।