Miss Universal 1
काठमाडौ। एकलाई लगाइदिइसकेको ताज एकाएक तुरुन्तै त्यसवाट निकाल्न लगाएर अर्कीलाई ताज पहिराइदिदा ताज पहिला पहिरिनेको हालत बेहाल नै हुने गर्छ। त्यस्तै घटना यो बर्षको मिस युनिभर्स–२०१५ को समारोहमा भयो।

अमेरिकाको लसभेगासमा आयोजित मिस युनिभर्स–२०१५ मा उदघोषकले यो बर्षको मिस युनिभर्सको घोषणा मिस कोलम्विया अरियाडना गुटियारेजलाई गरिएको थियो। उदघोषक स्टीभ हार्वेले उक्त घोषणा गरिनासाथ अरियाडनालाई मिस युनिभर्स–२०१५ को ताज पहिराइदिएको थियो।

Miss Universal 2

त्यसरी तामझामका साथमा ताज पहिरिन पाएको दुई मिनेट नवित्दै उदघोषक स्टीभले आफूवाट ठूलो गल्ती भएको भन्दै सवैसामु माफी माग्दै यो बर्षको मिस युनिभर्स–२०१५ फिलिपिन्सकी सुन्दरी पिया अलेन्जो वुर्टबाक भनेर पूनः घोषणा गर्दा ताज पहिरिसकेकी अरियाडना हिस्स बनेकी थिइन्।

अरियाडनाको शिरको ताज निकालेर वुर्टबाकलाई पहिराइदिएपछि सवै अवाक बनेका थिए। मिस युनिभर्स जस्तो अन्तरराष्ट्रिय सुन्दरी प्रतियोगितामा भएको यसप्रकारको भूलवाट विश्व सुन्दरीहरुमा नराम्रो सन्देश प्रवाहित भएको सवैले प्रतिक्रिया दिएका छन्। यति ठूलो गल्तीमा उद्घोषकले माफी मागेर ढाकछोप गर्ने प्रयास भएको भनेर आयोजकको आलोचना पनि गरिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।