काठमाडौ। मिस युनिभर्स समेत बनिसकेकी अभिनेत्री सुस्मिता सेनको अनौठो बानी रहेको छ। आम नायिकाहरु जस्तो सुस्मितालाई बाथरुममा बसेर नुहाउन पटक्कै मन पर्दैन।

Susmita Sen

अक्सर सुस्मिता बाथरुममा नुहाउनै नखोज्ने गरेको खुलासा भएको छ। सुस्मिता आफैले आफूलाई बाथरुममा भन्दा घरको छतमा बसेर नुहाउन पाउंदा अत्यन्त रमाइलो हुने गरेको भारतीय समाचार एजेन्सीसंगको कुराकानीमा भनेकी छन्।

यसले गर्दा आफ्नो घरको छतमा बाथटब नै बनाएको कुराकानीको क्रममा मज्जाले हाँसेर बताएकी छन्। त्यसको अलावा अरुलाई पटक्कै मन नपर्ने सर्प उनलाई निक्कै मन पर्ने गरेको र पाइथन जातको सर्पलाई घरमा पालेकी समेत भनेकी छन्।

यस्ता अनौठो स्वभाव र बानीका कारण सुस्मिता बलिउडमा प्राय चर्चाको विषय बन्ने गरेकी छन्। त्यसमाथि हालसम्म अविवाहिता रहेकी उनी विवाह नगरिकनै कुमारी आमा बनेकी छन्। केही अनाथ बालबालिकालाई उनले गोद लिएकी छन्। यसले गर्दा पनि उनलाई कुमारी आमा भन्ने गरिएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद्र ३ गते शनिवार ।