काठमाडौं। काठमाडौंको श्रीघःविहार नघल स्थित धर्मकीर्ति विहारमा विेशेष मुटु जाँच शिविर भएको छ। धर्मकीर्ति विहारकी धम्मावती गुरुमाको ८९ औं जन्म दिनको उपलक्ष्यमा मुटु जाँच शिविर शनिवार संपन्न भएको हो।

डियर हेल्थ ट्रष्टको आयोजना तथा मुटुरोग विशेषज्ञ डा.स्मृति शाक्यको नेतृत्वमा  डा. मञ्जु शर्मा, डा. प्रलिशा महर्जन, डा.सबिना रायमाझी र सिस्टरहरू एलिशा बज्राचार्य, सृजना महर्जन, साेनिका खड्गी संलग्न चिकित्सकहरुको टिमले धर्मकीर्ति विहारमा रहेका भिक्षुणी–गुरुमाहरुको ईको, इसिजी लगायतका मुुटु रोगको परिक्षण गर्नुको अलावा मधुमेह रोगको सुगर जाँच पनि भएको थियो।

धम्मावती गुरुमाको मुटु परिक्षणवाट शुरु भएको मुटु जाँच कार्यक्रममा ५० जना भिक्षुणी–गुरुमाहरुको मुटु परिक्षण गरिएको थियो। उक्त मुटु जाँच परिक्षण शिविरमा बागमती प्रदेशका लोकप्रिय तथा जनप्रिय सांसद एवम् पूर्वमन्त्री डा.अजयक्रानित शाक्य, पूर्वराजदूत डा.अञ्जान शाक्यको विशेष आतिथ्यता तथा सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७९ साल साउन १४ गते शनिवार ।