mumbai_railwayकाठमाडौ। भारतको मुम्बई स्थित मुम्बई रेल्वे स्टेसनमा शुक्रबार भएको भागदौडमा २२ जनाको मृत्यु भएको छ।

भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान १०ः३० बजे सो घटना भएको हो। घटनामा २७ जनाभन्दा बढी घाईते भएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

भारी वर्षासँगै पुलको एउटा हिस्सा भासिन लागेको हल्लाका कारण यात्रुहरुमा भागदौड मच्चिएपछि उक्त घटना हुन पुगेको हो। घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागी लगिएको छ।
प्रकाशन मिति–२०७४ साल असोज १३ गते शुक्रबार ।