काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार दम्पत्ति धुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरेको भ्यालेन्टाइन–डे महोत्तरीको बर्दीबास स्थित मुसहर बस्तीमा एकिकृत नमूना बस्ती निर्माण गर्नमा नै वितेको छ।

Dhurmus-Suntali-1मंगलवार भ्यालेन्टाइन–डेको दिन धुर्मुस र सुन्तलीलाई एक अर्कोलाई माया तथा प्रेम गर्ने फुर्सद समेत थिएन। दुवैजना माया–प्रेमको गुलाब दिने कार्यभन्दा बस्ती निर्माण गर्नका लागि आवश्यक इट्टा ओसार्ने तथा सिमेन्ट मुछ्ने लगायतका कार्यमा हात बटार्न व्यस्त बनेको पाइयो।

मुसहर बस्तीमा बरु कमेडियन स्टाइलमा आज त भ्यालेन्टाइन–डे हो नि है भनेर दुवैले सवैको अगाडि अंगालो मारेर रमाइलो पार्न भने छाडेनन्। उनीहरुको त्यो रमाइलोले काममा व्यस्त भएका अन्य मजदूर तथा ज्यामीहरु समेत रिफ्रेस बनेका थिए।

माघ अन्तिम साता अष्टे्रलियामा सहयोग संकलन गरेर फर्किए लगत्तै धुर्मुस–सुन्तली श्रमदानमा जुटिरहेका छन् । बस्ती निर्माणका लागि अष्ट्रेरलियामा ६५ लाख रुपैयाँ संकलन भएको थियो।

Dhurmus-Suntaliप्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।