काठमाडौं। चीनको सीमावर्ती कोरोला नाकामा अवस्थित मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सूर्य ध्वजावाहक नेकपा एमाले विजयी भएको छ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार पालिका अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मत पाए ।

त्यस्तै, उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङले ६ सय ३२ मत लिएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मत पाइन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार लोमन्थाङ गाउँपालिकाको ५ वडामध्ये २, ३ र ४ मा एमाले र १ र ५ वडाध्यक्ष काँग्रेस विजयी भएका छन् ।
प्रकाशन मिति–२०७९ साल बैशाख ३१ गते शनिवार ।