काठमाडौ। हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए।

Mustang winners

यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए। त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। उनलाई रोमीले ११ मतले पराजित गरेका थिए। प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र क तर्फ लोमान्थाङका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन्। उनी एमालेबाट उम्मेदवार भएका हुन्। उनका निकटमक प्रतिबद्वन्द्वी कांग्रेसका मिङकर गुरुङले ६५७ ल्याएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन्। ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा ४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यसै गरेर, रुकुम पूर्वको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रत्यक्षतर्फका तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। बिहीबार साँझ ५ बजेबाट सुरु भएको मतगणना शुक्रबार विहान सम्पन्न भएको हो।

संयुक्त वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीको संयुक्त उम्मेदवारका रुपमा नेकपा माओवादीका नेताहरुलाई रुकुम पूर्वमा संयुक्त उम्मेदवार बनाइएको थियो। प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी महिला नेतृ तथा पूर्व मन्त्री कमला रोका र प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रकै तेजबहादुर खाम यस अघि नै विजयी भैसकेका छन् भने भर्खरै सम्पन्न मतगणना अनुसार पूर्व रुकुख प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रकै पूर्ण बहादुर घर्ती विजयी भएका छन्।

Rukum Purba winners

प्रकाशन मिति–२०७४ साल मंसीर २२ गते शुक्रबार ।