Make up Artist Mr.Sun Kumar Awal
Make up Artist Mr.Sun Kumar Awal

काठमाडौ। कुनैपनि साना तथा ठूला चलचित्र तथा म्युजिक भिडियो अनि टेलिभिजनका कार्यक्रममा मेकअपले अत्यन्त महत्व पाउने गरेको छ।

विना मेकअप यी विधामा काम गर्ने कलाकार तथा संचारकर्मीहरुको सुन्दरतामा दरार उत्पन्न हुने गर्दछ।

यसले गर्दा पनि यो विधामा मेकअप आर्टिष्टको व्यवस्था हुने गरेको छ। यो व्यवस्थाले मेकअप आर्टिष्टको काम पनि गुजारा चलाउने प्रमुख माध्यम प्रायको हुन थालेको छ।

Make up Artist Mr. Awal with Former Senior Police Officer Basanta Raj Kunwar
Make up Artist Mr. Awal with Former Senior Police Officer Basanta Raj Kunwar

महिलाहरुको कार्य भनिएको मेकअप आर्टिष्टको काम साना तथा ठूला चलचित्रमा पुरुषले नै सम्हालिरहेको पाइन्छ। महिलाको अग्रता पनि नभएको होइन। यद्यपि, रातविरात खटिनुपर्ने मेकअप आर्टिष्टको कार्य भएकोले चलचित्रमा पुरुषकै बाहुल्यता नै बढी देखिएको पाइएको छ।

Sun K Awal 2यसमा सामाजिक बाँध्यता भएको नेपाल प्रहरीको कुनैबेलाको ख्यातिप्राप्त मेकअप आर्टिष्ट सुनकुमार अवालको भनाई रहेको छ। नेपाल प्रहरीको प्रहरी अनुरोध टेलिभिजन कार्यक्रममा लामो समय मेकअप आर्टिष्ट बनेर नेपाल प्रहरी सेवावाट निवृत बनेका अवाल मेकअप आर्टिष्टमा चुनौति तथा अवसर दुवै रहेको स्वीकार्छन्।

Sun K Awal 4हाल अवाल नेपाल प्रहरीकै भूपू बरिष्ठ प्रहरी अफिसर बसन्तराज कुँवरको नार्कोन नेपालमा मेकअप आर्टिष्टको रुपमा कार्यरत रहेका छन्। लागूऔषध संवन्धी सचेतनात्मक टेलिभिजन कार्यक्रम तथा फिल्म निर्माण कार्य समेत गर्दैआएको नार्कोन नेपालले लागूऔषध विरुद्धको जनचेतनात्मक कार्य गर्दैआएको अवालको भनाई रहेको छ। जसमा बसन्तराज कुँवर सरको अहोरात्र मेहनत तथा खटाइले यस क्षेत्रमा राम्रो सफलता प्राप्त गरेको र जनचेतना अभिबृद्धि गर्न नार्कोन नेपाल सफल भएको अवालको जिकिर छ।

Sun K Awal 3

नेपालका एक से एक कलाकार देखि साना देखि उच्चतहका प्रहरी अफिसर प्रायको मेकअप गर्ने सौभाग्य पाएको बताउने अवालवाट नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरी समेत प्रभावित बनेको देखिएको छ।

Awal with Mr. Manjib Singh Puri (Indian Ambassodor for Nepal)
Awal with Mr. Manjib Singh Puri (Indian Ambassodor for Nepal)

काठमाडौमा भएको योग शिविरको एक कार्यक्रममा भारतीय राजदूत पुरीले अवालको कार्यको प्रशंशा समेत गरेको अवाल आफैले बताएका छन्। केही दिनअघि स्थानीय चुनाव संवन्धीको विज्ञापनमा अभिनय गर्ने दृष्टिविहीन मोडल दीर्घवहादुर खड्काको समेत मेकअप गर्ने कार्य गरेर अति प्रशंशित अवाल मेकअप आर्टमा नै लाइफ पाएको र यसलाई बाँचुन्जेल आत्मसात गरेर लाने प्रण पनि गर्छन्।

Sun K Awal 7प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।