कोलकत्ता। भारतको कोलकत्तामा १५ डिसेम्वर शुरु भएको १६ औं मेघा ईन्टरनेशनल ट्रेड फेयर अन्तर्राष्ट्रीय व्यापार मेलामा नेपालका सोह्र व्यवसायीहरुको सहभागिता रहेको छ। वंगाल चेम्वर्स अफ कमर्श एण्ड ईण्डष्ट्रिज र जि.एस. मार्केटिङ एशोसियट्स संयुक्त आयोजनामा सञ्चालन भएको यो मेला डिसेम्वर २५ सम्म चल्ने जनाइएको छ।

उक्त मेला भारतीय अर्थ, उद्योग तथा वाणिज्य मन्त्री अमित मित्रले उद्घाट्न गरिएको थियो। व्पापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजकत्वमा कलकत्तामा भैरहेको मेलामा नेपालका सोह्र उद्योगी व्यवसायीहरु माही ईन्टरप्राजेज, हाउस अफ क्राफ्ट, साई ईन्टरियर्स, हिमालयन एभरग्रिन क्राफ्ट, मिलन ग्रामेन्ट, कोहिनुर ह्याण्डीक्राफ्ट, सार्क चेम्वर क्राफ्ट, नेपाली म्यान उद्योग, न्यू गौरव ट्रेड्र्स, नेपाल एपरल एण्ड नेचुरल फाईवर, सौगात गृह माईक्रो प्रमोशन, कालचक्र ह्याण्डीक्राफ्ट, विजेएस ह्याण्डीक्राफ्ट ए्ण्ड सोभिनियर हाउस, सविता कपडा उद्योग, मेरिट काष्ट कला उद्योग, दि हिमाल कोल्दिङ एण्ड ह्याण्डीक्राफ्टले भाग लिएका छन् ।

उक्त मेलामा नेपालका उत्पादन वस्तुहरु पश्मिना, हस्तकलाका सामान, काष्ठ कला, चाँदीका सामान, खुकुरी, ज्वलेरी, स्वीटर, कपासबाट वनेको गार्मेन्ट, ढाकाको कपडा, टिम्वुरको अचार, लप्सीको क्याण्डी आदि प्रदर्शनीमा राखीएको छ । सहभागी नेपाल महिला उद्यमी महासंघका पूर्व अध्यक्ष रिता भण्डारीले यस मेलाले सकारात्मक रहेको र नेपाली वस्तुबारे धेरैले जानकारी लिन चाहेको बताएकी छन्।


मेलामा नेपाल, भारत, चाईना, वंगलादेश, पाकिस्तान, थाईल्याण्ड, नेदरल्याण्ड, श्रीलंका, ईटली, हङकङ, दुबई, साउथ अफ्रिका, भियतनाम, टर्की, ईजिप्ट, अफगानिस्थान सहित १६ देशको सहभागी रहेको छ भने एघार सय वटा स्टल र दुई लाख वस्तुहरु प्रदर्शनीमा राखिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका मेला संयोजक प्रद्युम्न जोशीले बताए ।

नेपालका उत्पादित वस्तुहरु भारतको कश्मिरदेखि कन्याकुमारीको बजारसम्म उपलव्ध रहोस् भन्ने हाम्रो चाहना रहेको, मेला आयोजक संस्था वंगाल चेम्वर्स अफ कमर्शका महासचिव उत्पल रायले भनेका छन् ।


प्रकाशन मिति–२०७४ साल पुष ३ गते सोमवार ।