काठमाडौं। नेपाली कथानक चलचित्र ‘प्रपञ्च’को गीत रिलिज भएको छ। बीएस बलामी निर्देशित चलचित्र ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक भएको हो। गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ।

सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ। नृत्य निर्देशन तेञ्जु योञ्जनले गरेकी छन्। असोज २१ गते रिलिज डेट तोकिएको चलचित्र ‘प्रपञ्च’लाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गरेका हुन्।

सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ । प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालकोे सम्पादन रहेको छ ।

प्रकाशन मिति–२०७९ साल असार ३१ गते शुक्रवार ।