Menuka Rai 1काठमाडौ। नेपाली गीत–संगीतमा कोकिलकण्ठी गायिकाको रुपमा मेनुका राईलाई चिन्ने गरेको पाइएको छ। मेनुका राई आफ्नै पहिचान र गौरबता बोेकेकी गायिका हुन। जसको गीत गायनमा यथार्थताका धेरै कुरा झल्कने गरेको पाइएको छ। आफ्नो लागि भन्दा पनि स्रोता तथा दर्शकका रुचिमा गीत गाउने गरेको बताउने मेनुकाका दर्जनौ गीतले उनलाई पहिचान प्रदान गरिसकेको छ।

Menuka Rai 3त्यस पहिचानमा पुष्पकमल दाहाल प्रचण्ड सरकारको बेलामा दुई महिने मन्त्रानी बन्ने अवसर समेत पाएकी मेनुका पूर्वमन्त्री परशुराम तामाङ्गकी जीवन संगीनी हुन्। गायिकाको पहिचान कायम गरिसकेकी मेनुकालाई श्रीमान दुई महिने मन्त्री बन्दा मन्त्रानी बन्दाको व्यस्तता बाहेक जिम्मेवारी बढे्को महशुश भएको भिजन संसारसँगको संक्षिप्त कुराकानीमा भनेकी छन्। उनले आफूलाई नेता तथा मन्त्री पत्नी भन्दा गायिका मेनुका राईको पहिचानवाट चिनिदा नै गौरब लागेको र श्रीमानको त्याग, तपस्या र मेहनतले मन्त्रीसम्म बन्दा अत्यन्त खुशी लागेको समेत बताएकी छन्।

Menuka Rai 2

गायन–कलामा नै निरन्तर अगाडि बढ्ने क्रममा रहेकी उनी गायन विनाको जिन्दगी नून विनाको तरकारी जस्तै हुने भन्छिन्। यसैले गर्दा गायनवाट आफू कहिले पनि पृथक बन्न नसक्ने उनको भनाई रहेको छ। माया आहरिसे नामक पहिलो धमाकेदार एल्वम बजारमा ल्याएर धमाका मचाएको लगतैको केही बर्षपछि १, २, ३ नामक दोश्रो एल्वम निकालेकी मेनुकाको पछिल्लो एल्वमको नाम नै लाइफ रहेको छ। लाइफवाट गायनमा नयाँ जिन्दगी बनाएकी उनले नेपाली आधुनिक गीतको अलावा लोकदोहरीमा समेत फड्को मारिसकेकी छन्।

भर्सटायल गायिका बन्ने दौडमा देखिएकी उनमा आम गायिकाको भन्दा गाउने कलामा बेग्लै शैली अनि स्टाइल रहेको छ। मेनुका स्टाइल बनाउने कोशिशमा रहेकी उनी मेनुका स्टाइलिष्ट गीत गाउन नै बढी रुचि राख्छिन्।

त्यसैले त उनले भन्ने गरेकी छन्–“मेरो आफ्नै स्टाइल छ। त्यसलाई म मेनुका स्टाइल भन्न नै चाहन्छु।” १७ बर्ष र पाँच बर्षका दुई छोराकी आमा भएरपनि परिवार तथा छोराहरुको संपूर्ण जिम्मेवारी पूरा गरेर उब्रिएको समयलाई गीत–संगीतमा खर्चिदैआएको उनी सुनाउंछिन्। संगीत बाँच्ने कला पनि भएकोले यसले सधै आफूलाई स्वस्थ र तन्दुरुस्त बनाउने गरेको समेत भन्छिन्।

हालै लक्ष्मी मादेन लिम्बुको गीत तथा उदय राईको कम्पोजमा वेस्टर्न स्टाइलमा नयाँ पप गीत पनि मेनुकाले गाएकी छन्। जुन गजब बनेको छ।

https://www.youtube.com/watch?v=xh1_23E3MWE&feature=youtu.be
प्रकाशन मिति–२०७४ साल असार ५ गते सोमवार ।