Mr.Chiribabu Maharjan
Mr.Chiribabu Maharjan

काठमाडौ। नेपाली कांग्रेसमा सांगठनिक रुपमा यति धेरै कमजोर छ भन्ने कुरा ललितपुर महानगरपालिकाका विजयी मेयर चिरीबाबु महर्जनको उम्मेदवारीको दिन कांग्रेसका सभापति शेरवहादुर देउवाले गरेको व्यवहारवाट प्रष्ट भएको छ।

देउवाले ललितपुर महानगरपालिकामा चिरीबाबुको विजयी प्रति अत्यन्त शंका व्यक्त गरेका थिए। चिरीबाबुलाई उम्मेदवारी फिर्ता गर्न समेत बारम्बार देउवावाट दबाब आएको चिरीबाबु आफैले भनेका थिए। माओवादी केन्द्रसंग तालमेल गरेर जाने निर्णय गर्न लागेको बेलामा चिरीबाबुले देउवासंग बाजी नै राखेका थिए। यदि आफूले चुनाव हारेमा देउवालाई एक लाख रुपैया दिने र जितेमा देउवासंग एक सय रुपैया लिने बाजी राखेपछि चुप बसेका देउवाको अगाडि चिरीबाबुका लागि चुनाव जित्नु अत्यन्त महत्वको विषय बनेको थियो।

sher-bahadur-dewba

त्यो विषयले अहोरात्र चुनावमा खटेका चिरीबाबुको मेहनतले सफलता मिलेको छ। महानगरपालिकामा नेपाली कांग्रेसको तर्फवाट मेयरको खाता खोल्ने पहिलो मेयर चिरीबाबु नै बन्यो। झिनो मतवाट भएपनि नेकपा एमालेका मोहन व्यञ्नकारलाई हराएर ललितपुर महानगरपालिकाका मेयरमा जितेका चिरीबाबुले देउवासंगको बाजी जितेका छन्। बाजी जितेपछि सानेपा स्थित कांग्रेस पार्टी कार्यालयमा देउवाको आशीर्वाद लिन चिरीबाबु पुगे।

चिरीबाबु पुगेपछि लाजले अलि हच्किएका देउवाले बाजी संझे। अनि हतारमा खल्तीवाट एक सय रुपैया झिक्न खोज्दा नपाएपछि एक हजारको नोटमा हस्ताक्षर गरेर चिरीबाबुलाई जितको बधाई दिए। जुन कुरा ललितपुर महानगरपालिकाको मेयर पदको सपथ ग्रहण पश्चात सवैको सामु यस कुरालाई चिरीबाबुले खुलासा गरेपछि नेपाली कांग्रेस र सभापति देउवाको कमजोर मनस्थिति उजागर भएको हो।

नेपाली कांग्रेस पहिलो चरणको स्थानीय निर्वाचनमा पछि पर्नुको पछाडि पार्टीभित्रको हतास मनस्थिति र कमजोर संगठन अनि आफ्नै सक्षम कार्यकर्तालाई विश्वास गर्न नसक्नु पार्टी सभापतिको कमजोरी प्रमाणित भएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १२ गते शुक्रबार ।