काठमाडौ। कति कुरा नभनेर नै मिठा–मिठा हुन्छन्। भनेका कुरा कति झूठा–झूठा हुन्छन्। नेपालका स्वर–सम्राट नारायण गोपालको यो अत्यन्त कर्णप्रिय गीत जस्तै बनेको छ। आर्किटेक इञ्जिनियर कमला महर्जन सुवालको सवालमा।

कमलालाई चिन्ने र अझ नजिकवाट देख्ने कतिलाई कमला अत्यन्त शालिन तथा सुशील मात्र थाहा छ। कमला सरल देखिएतापनि कठिन भन्दा कठिन काम गरेर इतिहास रचिसकेको नेपाली नारी भन्ने कुरा नै थाहा छैन्। ती कुरा कमला सकभर खुलासा गर्न नै नचाहने भएकोले कमलाका बारेमा थाहा नभएको हो।

काली गण्डकी हाइड्रो पावर प्रोजेक्ट, तुल्सीपुर–सल्यान रोड प्रोजेक्ट, ब्रम्हदेव सिचाइ आयोजना लगायतका दर्जना प्रोजेक्टको अलावा होटल हायात रेजेन्सीको आर्किटेक इञ्जिनियरिङको काममा कुशल कन्सलटान्ट बनेर कमलाले गरेको त्यो बेलाको कामलाई अझैपनि संझ्नेहरुको कमी छैनन्। ती प्रोजेक्ट तथा होटलका कामहरुमा कमलाका मेहनत तथा पसिना सिर्जित रहेको छ। शायद कतिलाई यो थाहा नभएको पाटो हो।

काठमाडौको बांगेमुढामा जन्मेतापनि सानै उमेरमा ज्याठा टोलको मावलीमा हुर्केकी किसान परिवारकी कमला मेहनतले बनेकी नेपाली चेली हुन्। जसलाई कहिले घमण्ड भन्ने शव्दले छोएन। अहमताले गाँजेन। सधैं आफू साधारण बन्नमा रमाउने कमला सन् २००९ सालमा इनरव्हील क्लब अफ बागमतीको चार्टर सेक्रेटरी बन्दै डिस्ट्रिक्ट चेअरमेन समेत बनिसकेकी छन्। हाल ग्यालरी १८२७ र क्रियटिभ डी स्टुडियो प्राइभेट लिमिटेडको डाइरेक्टर पदमा क्रियाशील रहेकी छन्।

मलेसिया, श्रीलंका, भारत लगायतका मुलुकहरुमा भएका अन्तरराष्ट्रिय इनरव्हील कन्फरेन्सहरुमा नेपालको प्रतिनिधि भएर भाग लिएर नेपालको शान तथा गौरबको परिचय दिने कार्य कमलावाट भएको छ। नेपालका अत्यन्त चर्चित फोटोग्राफर राजभाइ सुवालको जीवन संगीनी कमला श्रीमानको नामवाट भन्दा आफ्नै नामवाट चिनिन चाहने थोरै नेपाली महिला मध्येमा एक पर्ने गरेकी छन्।

यसकारण पनि नेपालका चर्चित फोटोग्राफर राजभाइ सुवाल पनि आफ्नी जीवन संगीनीवाट निक्कै प्रेरित तथा गर्बित बनेका छन्। र भन्छन्–“मेरो सफलता नै मेरो कमला हो।”

प्रकाशन मिति–२०७४ साल कात्तिक २३ गते विहीवार ।