Raju Hamal

काठमाडौ। भ्यालेन्टाइन–डेको अवसरमा मोडल राजु हमाल यतिखेर भ्यालेन्टाइन नै बनेका छन्। भ्यालेन्टाइन बनेर गायक गीताराम कर्माचार्यको कर्णप्रिय गीत टाढा धेरै टाढा टाढै बस्ने चाहना छ बोलको गीतमा गजबले मोडलिङ्ग गरेका छन्।

Raju Hamal with Kushum Guragai in Video

मोडल हमालको यस गीतमा भ्यालेन्टाइन कुसुम गुरागाइँ बनेकी छन्। कुुसुमसँग मायाप्रेम साटासाट गरेको स्वभाविक मोडलिङ्ग अभिनय गरेर फेरि एकपल्ट मोडल हमालले कमान गरेका छन्। अमृतमान महर्जनको निर्देशनमा बनेको यस गीतमा हमालले गरेको अभिनयको सवैवाट तारिफ भएको छ।

Raju Hamal with Kushum Guragai in Video.3पचासको दशकदेखि विभिन्न रंगमञ्चिय नाटकहरुमा बेग्लै छाप राख्न सफल हमाल यतिखेर मोडलिङ्गमा अत्यन्त रमाइरहेका छन्। दर्जनौ गीतका म्युजिक भिडियोहरुमा फरक शैली तथा भूमिकामा अभिनय गरिसकेका हमाल विभिन्न फेशन–शो तथा सांस्कृतिक महोत्सहरुमा निर्णायक भएर पनि काम गर्दैआएका छन्।

Raju Hamal with Kushum Guragai in Video.1त्यसको अलावा विभिन्न सामाजिक कार्यहरुमा पनि त्यतिकै व्यस्त बन्दैआएका हमाल यसलाई नै जीवन भन्न रुचाउंछन्।
प्रकाशन मिति–२०७३ साल फागुन ३ गते मंगलवार ।