Nepal Motion Picture Awardकाठमाडौ। नेपालका हलहरुको छाता संगठन नेपाल चलचित्र संघले लामो समयदेखि रोकिदै आएको मोसन पिक्चर अवार्ड कार्यक्रम गर्ने भएको छ। कुनैबेला नेपाल चलचित्र संघले आयोजना गर्ने गरेको मोसन पिक्चर अवार्डको लागि चलचित्रकर्मी वीच हानथाप नै हुने गर्दथ्यो। चर्का–चर्का विरोध तथा आरोप लाग्ने गर्दथ्यो। त्यो विरोध तथा आरोपै आरोपका कारण स्थगित बन्दैआएको मोसन पिक्चर अवार्ड संघमा नयाँ अध्यक्ष प्रदीप कुमार उदय आएपछि भने निरन्तरता पाउने भएको हो।

Mr. Pradeep Kumar Uday-Chairman of Nepal Motion Film Association
Mr. Pradeep Kumar Uday-Chairman of Nepal Motion Film Association

यससंवन्धमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मोसन पिक्चर अवार्डलाई आफ्नो कार्यकालवाट निरन्तरता दिन लागेको अध्यक्ष उदयले घोषणा गरेका हुन्। नेम्पा फिल्म अवार्ड २०१७ नामक नयाँ नाम दिएर अवार्ड कार्यक्रम गरिन लागेको हो। १८ विधामा अवार्ड र एक विधामा लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिन लागेको छ।

त्यो अवार्ड कार्यक्रम नेपालमा नगरिकन अमेरिकामा सन् २०१७ को सेप्टेम्बर महिनामा हुने भएको छ। त्यस अवार्ड कार्यक्रममा ४० जना नेपाली चलचित्रकर्मीले सहभागीता जनाउनेछन् । सोही अवार्ड कार्यक्रम सन् २०१८ मा अष्ट्रेलियामा आयोजना हुने पनि पत्रकार सम्मेलनमा भनिएको छ। संघले अवार्डलाई अबका दिनमा निरन्तरता दिदै जाने भएको छ । सन् २०१७ को अवार्डका लागि विसं. २०७३ मा रिलिज भएका चलचित्र दर्ता गरेर सहयोग गर्न संघले नेपाली चलचित्र निर्माताहरुलाई आह्वान समेत गरेको छ ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १६ गते मंगलवार ।