Little Campकाठमाडौ। मर्निङ्ग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा लिट्टल च्याम्प २०१७ हुने भएको छ। यही माघ ८ गते शनिवारका दिन काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा गर्नका लागि हाल अन्तिम तयारी भैरहेको आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेनमेन्टकी सीइओ मोहना क्षेत्रीले भनेकी छन्।

M/s Mohana Chhetri- CEO of Morning Glories
M/s Mohana Chhetri- CEO of Morning Glories

सीइओ क्षेत्रीका अनुसार, स–साना बाल–बालिकाका अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि लिट्टल च्याम्प २०१७ आयोजना हुन गैरहेको हो। विभिन्न स्कुलमा अध्ययनरत करिब ४० जना स–साना बालबालिका वीच प्रतिस्पर्धात्मक रुपमा लिट्टल च्याम्प २०१७ हुने भएको छ।

Little Camp 1

प्रतिस्पर्धी ४० जना बालबालिकालाई काठमाडौको त्रिपुरेश्वरस्थित रंगशालाको प्रांगणमा विभिन्न आधारभूत ज्ञान तथा तालिम दिने कार्य हरेक दिनजसो भैरहेको जानकारी पनि सीइओ क्षेत्रीले भिजन संसारलाई भनेकी छन्। विन्टर क्याम्पको रुपलाई परिमार्जित गरेर लिट्टल च्याम्प २०१७ गरिनुले बालबालिकालाई रमाइलोको साथै थप ज्ञान अभिवृद्धि गर्ने अवसर पनि हुन पुगेको अभिभावकहरु भन्छन्।

प्रकाशन मिति–२०७३ साल पुस२८ गते विहीवार ।