Match fixing1काठमाडौ। पैसा लिएर म्याच फिक्सिङ गरेको अभियोग लागेका पाँचजना नेपाली फुटबलरलार्इ एसियाली फुटबल महासंघले आजीवन प‍्रतिबन्ध लगाउने निर्णय गरेको छ। एसियाली फुटबल महासंघको अनुशासन समितिले शुक्रबार नेपाली फुटबलरहरुमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णय सार्वनजिक गरेको हो।

एएफसीले जारी गरेको विज्ञप्तीमा नेपाली फुटबलर अन्जन केसीसहितका खेलाडीहरु सन् २००८ देखि सन् २०१२ सम्ममा भएका दर्जनबढी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने क्रममा म्याच फिक्सिङमा संलग्न भएको प्रमाणित भएकाले प्रतिबन्ध लगाइएको उल्लेख छ।

एएफसीले म्याच फिक्सिङमा संलग्न भएको प्रमाणित गर्दै ताजकस्तानका रेफ्री मुर्ताजोएभ पार्भिजलार्इ पनि आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नेपाली अफिसियल अन्जन केसीसहित नेपाली राष्ट्रिय टिमका खेलाडीहरु सन् २००८ देखि २०१२ सम्म भएका मैत्रीपूर्ण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा विकास सिंह क्षेत्री, सन्दीप रार्इ, रितेश थापा र सागर थापा एएफसीको आचारसंहिता नम्बर ६० र ६९ अनुसार दोषी पाइएका छन्।
प्रकाशन मिति–२०७२ साल मंसिर १८ गते शुक्रबार ।