gai-tihar

काठमाडौ। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको तेश्रो दिन आज लक्ष्मी पूजा तथा गाईतिहार परेको छ। आज विहानैवाट लक्ष्मीको प्रतिक मानिएको गाईको पूजाआजा गरेर गाईलाई मिठो–मसिनो खुवाएर श्रद्धा गरिएको छ। आजै धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गर्ने कार्य पनि भएको छ।

लक्ष्मीपूजाको दिन झिल्लीमिल्ली गरेर बत्ती बाल्ने तथा दीपावली गरेर रमाइलो गर्ने प्रचलन रहेको छ। लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ। साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।

laxmi-poojaगृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन्। लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ। साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् । यसरी भैलो खेल्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १४ गते आइतवार । लक्ष्मीपूजा । गाईतिहार ।