UK News 3–दिनेश कुमार परियार ।
लण्डन । युके डान्स अफकी बिजेता जसिता गुरुङ्ग र नायिका मेरुना मगर बेलायतमा व्यवशायिक रुपमा निर्माण हुने बिज्ञापनमा अनुबन्धित भएका छन् । भिजन संसारले एस्टार फाईनान्सियल सोलुसन्स युकेको बिज्ञापन निमार्ण गर्न जसिता र मेरुनालाई मंगलबार वेम्वलीको एस्टार कार्यालयमा औपचारिक रुपमा अनुबन्ध गरेको हो।

युके डान्स अफकी बिजेता जसिताले अन्य बिधामा प्रस्ताव आए पनि बिज्ञापन नयाँ भएकोले उत्साहित भएको भनेकी छन्। यस अघि नै ठूला पर्दाको फिल्ममा काम गरिसकेकी नायिका मेरुना मगर पनि बेलायतमा व्यावसायिक बिज्ञापनमा खेल्न पाउनु नयाँ अवसरको रुपमा लिएकी बताईन्। भिजन संसारका निर्देशक तथा कलाकार सनम बैरागले बेलायतमा पहिलोचोटी व्यवशायिक रुपमा बिज्ञापन बनाउने अवसर पाएकोमा खुशी हुँदै श्रृजनात्मक कामको लागि प्रोत्साहन दिने एस्टारलाई धन्यवाद दिए।

UK News 1एस्टार सोलुसन्सका निर्देशक मीन दर्लामीले आफूहरुको ब्राण्ड प्रमोशन मात्र नभएर समाजिक उत्तरदायित्व समेत बहन गरेको जिकीर गरे। बिज्ञापन अनुबन्धको हस्ताक्षर कार्यक्रममा एस्टार सोलुसन्सका रमेश शारंगकोटीले सहजिकरण गरेका थिए भने एस्टारका कुमार गुरुगं, रबिन्द्र श्रेष्ठ, सपन ईन्टरटेन्मेन्टका सपन राई, मन्जु गुरुंग, कलाकार सुस्मिता थापा, भिजन संसारका सीइओ अभिमन्यु वैराग र दुवै कलाकारका अभिभावकहरु समेत उपस्थिति थियो।

UK News 2

करीव १ मिनेटको हुने बिज्ञापनमा मेरुना र जेस्सिता बाहेक जेसन लिम्बुले पनि साथ दिनेछन्। बिज्ञापनको मार्केटिग भने साउथ ह्यारोमा रहेको एक्सप्रेस स्टुडियोे संचालन गर्दै आएको क्लिकटुरिच लिमिटेडले गर्नेछ।
प्रकाशन मिति–२०७४ साल साउन २८ गते शनिवार ।