काठमाडौ। “क्यानाम आज जनताको नाममा ठूल–ठूला कुरा गरेर राजनीति गर्ने तिमी नेताहरु भोलि सत्तामा पुगेपछि सिनो गन्हाएजस्तो गन्हाउने छौ। क्रान्तिको नाममा जनताको टाउको फोडेर राजनीति गरेर सत्तारोहण गर्ने तिमी नेताहरुको हैसियत त्यो बेला थाहा पाइने छ। अहिले ठूला–ठूला कुरा गरेर अनि ठूला सपना देखाएर जनताका भावनामा खेल्ने तिमीहरुको हैसियत त्यो बेला थाहा हुनेछ।”

नेपाली जनताको चलचित्र बलिदानमा भूपू सैनिकको रोलमा रहेका ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठले वोेलेको यो डाइलग नेपाली जनताको नाममा राजनीति गर्ने प्रत्येक नेपाली नेताहरुको लागि पाठ हुनसक्छ। अनि हरेक नेपाली जनताको नाममा क्रान्तिको नाममा राजनीति गर्ने नेताहरुले एकपल्ट जनताको पहिलो नेपाली चलचित्र बलिदान फेरि हेर्न आवश्यक छ।

Mr.Shyam Sapkota-Producer of Nepali Movie BALIDAN

विसं.२०५२ सालमा निर्माण शुरु भएर विसं.२०५४ सालमा मुश्किलले विभिन्न बाधा–अडचनका बाबजुद प्रदर्शनमा आएको यिनै चलचित्र बलिदान निर्माण गर्ने दुःसाहसी निर्माता श्याम सापकोटा अझैपनि यसै चलचित्रको कारण ऋणमा चुर्लुम्म डुवेका छन्। त्यो बेला चलचित्र बलिदान निर्माण गर्नका लागि नगद २० लाख बैंकवाट लिएको ऋणको भार निर्माता सापकोटामाथि अझैपनि बोझको विषय बनिरहेको छ। बलिदान निर्माण पूरा हुंदा त्यो बेला लागत मात्र ८० लाख पुगेको थियो।

चलचित्र रिलिज भएको २० बर्ष नांघिसक्दा पनि सांवा–ब्याज अनि स्याजको कारण ऋणको मार बढ्दै गएर पचासौ लाख पुगिसकेको र जसोतसो सांवा तिरिसक्दा पनि ३० लाख अझै व्याज तिर्न नसकिरहेको अवस्थामा रहेको छ। त्यस रकमको पनि व्याज तिर्नका लागि हरेक महिना जोहो गर्दैमा वितिरहेको निर्माता सापकोटाको बर्तमान अवस्था रहेको छ।

जनताको चलचित्र बलिदान निर्माण गरेर दिनरात हराम बनिसक्दा पनि आत्मिक रुपमा अत्यन्त आनन्दको महशुश गर्ने निर्माता सापकोटा रत्तिभर पनि चिन्तित बनेका छैनन्। निक्कै ठूलो आंटले बनेको मन बोकेर जनताकै लागि लडिरहेका साहसी व्यक्तित्व सापकोटाले चलचित्र बलिदान निर्माण गरेर दाम कमाउन नसकेपनि करोडौ नाम कमाएका छन्। सयौ सम्मान पाएका छन्।

बलिदान जस्तो युग थर्काउने कालजयी चलचित्र हालसम्म कसैले बनाउन सकेका छैनन्। यो साहस गर्ने निर्माता सापकोटा युग बोल्ने निर्माता बनेका छन्। हरेक पल्ट नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुले बाटो विराउंदा उनीहरुको विगत संझाउनैको लागि भएपनि चलचित्र बलिदान देखाइदिने रहर उनमा हरदम आउने गरेको छ।

Mr.Shyam Sapkota with his spouce M/s Sharmila Sapkota

चलचित्र बलिदान देशभर रिलिज गर्ने क्रममा कयौले बांधा–अड्चन भयो। कतिले प्रदर्शन रोक्ने प्रयास पनि भयो। जस्तोसुकै प्रयास भएतापनि त्यसलाई कुल्चेरै अगाडि बढ्न सफलता प्राप्त गरेको अनि रामेश दाइजस्तो जन गायकको साथले आफूलाई सदा प्रेरणा मिलेको निर्माता सापकोटाले भिजन संसारलाई भनेका छन्। निर्माता सापकोटा भन्छन्–“चलचित्र बलिदान निर्माण हुनेक्रममा र निर्माण पछिका दिनमा अनेक बांधा–अड्चन आयो। रत्तिभर ती बांधा–अड्चनमा विचलित बनिनं। मभित्रको साहसले नै मलाई चलचित्र बलिदानको निर्माता बनाइदियो।”

Mr.Shyam Sapkota with Mr.Raamesh Shrestha

यिनै दुसाहसी निर्माता सापकोटामा बलिदान जस्तो अर्को चलचित्र निर्माण गर्ने अझै आंट रहेको छ। चलचित्र बलिदान निर्माण भएको २२ बर्षपछि पनि चलचित्र निर्माण गर्ने सोचमा सापकोटा रहेका छन्। दरबार हत्याकाण्ड अगाडि चलचित्र जनबीर निर्माण गर्ने केही होमवर्क भएको थियो। स्क्रिप्टका केही प्लट निर्माण पनि भएको थियो। त्यसैवीच दरवार हत्याकाण्ड तथा विविध कारणले समयले साथ नदिएपछि निर्माता सापकोटाको त्यो प्रोजेक्ट त्यतिकै तुहिएको थियो।

अव त्यो तुहिएको जोशलाई जीवन्त पार्ने कार्यमा उनी कोशिशमा रहेका छन्। समयले साथ दिएमा अवश्य पनि चलचित्र निर्माण गरेर अर्को कीत्र्तिमान राख्ने उनको प्रण रहेको छ। जुझारु निर्माता सापकोटा नेपाल चलचित्र निर्माता संघको न्यायिक समितिमा रहदा धेरै चलचित्र निर्माताका समस्याको हल गरेर न्याय दिने कार्यमा अत्यन्त लोकप्रिय बनेका थिए।

त्यसको अलावा चलचित्र सेन्सर बोर्डमा रहदा पनि प्रशंशनिय कार्य गरेर सवैको वाहवाही पाउने निर्माता सापकोटा तीसको दशककै सशक्त रंगकर्मी पनि थिए। रंगमंचिय नाटकहरुमा जीवन्त अभिनय गर्ने जोशिला जोशले गर्दापनि अभिनयको जोश अझैपनि उनमा रहेको छ। त्यो बेला दर्जनौ नाटकहरुमा जोशिला अभिनय गर्ने उनले चलचित्र बलिदानमा पनि जोशिलो अभिनय गरेका छन्।

चलचित्र बलिदानमा उनको अभिनय हेर्ने प्रायलाई उनलाई नोटिस गर्ने गरेका छन्। कविता साहित्यमा पनि अत्यन्त दखल निर्माता सापकोटा बाम राजनीतिमा झुकाव राख्ने प्रखर व्यक्तित्व पनि हुन्। अन्यायको विरुद्ध हरदम चटान बन्न पनि तयार हुने सापकोटाको हालै संपन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा देखिएको क्रियाशिलता सवैको लागि प्रेरणाको विषय नै बनेको छ। राजनीति गर्न चाहने र गरिरहेका नेताहरुले पनि उनीवाट निस्थाको राजनीति गर्न सिक्नु पर्दछ।
प्रकाशन मिति–२०७४ साल मंसीर २८ गते विहीवार ।