Euro Cup Cirme 6काठमाडौ। फ्रान्सको पेरिसमा आयोजित युरोकप २०१६ मा आइतवार राति घरेलु मैदानमा नै फ्रान्स हारेपछि सोमवार त्यहाँ हिंसा भड्किएको छ। अन्तरराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार,युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ। पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ। फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए।

Euro Cup Cirme 1ती समर्थकहरुले ‘आइफल टावर’का अधिकारीहरुमाथि सिसाका बोतल तथा मिनरल वाटरका बोतलहरु फालेका थिए। त्यसक्रममा प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको थियो। पोर्चुगलले जितेपछि सो खेल मैदानमा नै पोर्चुगलका समर्थकहरुको भीड लागेको थियो। उक्त खेल मैदानमा ९० हजार जना अट्ने क्षमता रहेको र सो खेल मैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए।

Euro Cup Cirme 2ती प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए। त्यसक्रममा हिंसा भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

Euro Cup Cirme 3यसअघि पनि फ्रान्समा अघिल्लो वर्ष भएका आतंककारी हमलाका कारण दशौं हजार मानिस जम्मा हुने यस युरोकप फुटबलका लागि शान्ति–सुरक्षाको विशेष प्रबन्ध गरिएको थियो। ठूलो संख्याका सुरक्षाकर्मी यहाँ तैनाथ गरिएको थियो। जसका कारण पनि कुनै प्रकारको हिंसा हुन पाएन। तर, खेल सकिएपछि भने फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउँदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेका थिए।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।