UK Flag

लण्डन । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) शुरु गरेको छ। पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले सङ्घबाट बाहिरिने प्रक्रिया शुरु गरेको बेलायतले जनाएको छ । सङ्घको ६०औँ वार्षिकोत्सव मनाएको केही दिनपछि बेलायत सङ्घबाट बाहिरिने पहिलो देश हुन पुगेको हो ।बेलायतका जनताले सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री थेरेसा मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया शुरु गरेका हुन्।

UK

ब्रसेल्समा रहेका ब्रिटिस राजदूत सर टिम ब्यारोले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउने पत्र दिइसकेको छ । पत्र पाएपछि अध्यक्ष टुस्कले आफूहरुले बेलायतलाई गुमाउनु पर्दा दुःख लागेको बताउँदै यस बारेमा चाँडै छलफल शुरु गर्ने बताएका छन्। सम्बन्ध विच्छेद बारेको सहमति र भविष्यमा ब्रिटेन र इयुको सम्बन्धका बारेमा छलफल हुने भएको छ।

गत जुनमा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि सङ्घसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो । (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

UKप्रकाशन मिति–२०७३ साल चैत्र १७ गते विहीवार ।