Page No.3- Gagan Thapa 2काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अबको १५ वर्षपछि मुलुक र पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्।

आगामी १५ वर्षमा गगनको उमेर ५५ वर्षको हुनेछ । विद्यार्थी राजनीतिबाटै चर्चामा आएका गगन हाल ४० वर्षका भए । उनले अबको १५ वर्ष देशका लागि आफूलाई समर्पित गर्ने र ५५ वर्ष उमेर पुगेपछि मन्त्री वा सांसद नहुने र कार्यकारी पदमा नबस्ने घोषणा समेत गरेका छन्।

Page No.3- Gagan Thapa 1नेपाली कांग्रेसका युवा नेता गगनले आफू ५५ वर्षको हुँदैगर्दा, ४० वर्ष उमेर हाराहारीका होनहार युवा उत्पादित भइसकेका हुने बताएका छन्। त्यसबेलासम्म तिनको भरमा पार्टी छाड्दा आफूलाई ढुक्क हुने समेत भनेका छन्। युवा नेता थापाले वि.सं.२०८८ सालवाट नेपाली राजनीतिको कार्यकारी पदमा नबस्ने बताउंदै ५५ बर्षसम्म मात्र राजनीति गर्ने बताएका छन्। उनकाअनुसार अव नेता थापाले १५ बर्षमात्र सक्रिय राजनीतिक जीवन विताउने भनेका छन्।

Page No.3- Gagan Thapa 3नेता थापा संविधानसभाको चुनावबाट दुईपटक सांसद भइसके । दोस्रो संविधानसभामा काठमाडौं ४ बाट निर्वा्चित उनी १२ औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य पनि बने । ‘मुलुक राम्रोसँग चल्यो र म सक्रिय रहेँ र क्षमताले भ्यायो भने अब थप तीनपटक सांसद हुन सक्छु । अन्य कार्यकारी जिम्मेवारीमा पनि पुग्न सक्छु’

नेता थापाले अबको १५ वर्षमा जति सकिन्छ, त्यति कार्यकारी जिम्मेवारी लिने लक्ष्य रहेको बताए । यो अवधिमा गगन थापाले नेपाली कांग्रेसको सभापतिदेखि मुलुकको प्रधानमन्त्री बन्ने प्रयाससम्म गर्न सक्छन्। सोही कसरतमा फागुनमा हुने कांग्रेसको १३ औं महाधिवेशनमा भने गगन पदाधिकारीमा चुनाव लड्ने तयारी गर्दैछन् । उनले भने–“लक्ष्यका साथ काम गर्ने, लक्ष्य पूरा नभए पनि सकिएन भनेर नयाँ पुस्तालाई छाडिदिने। लक्ष्य पूरा नभएको अवस्थामा केही पाइँन, नयाँ पुस्ता पनि जन्माउन सकिनँ भनेर फेरि पद खोज्नु त मेरो अर्को असफलता हुन्छ ।”

Page No.3- Gagan Thapa 4गगन थापा जस्तो युवा नेता ५५ बर्षको उमेर पुगेपछि पार्टी छाड्ने कुरा गरिरहेको बर्तमान अवस्थामा नेपाली कांग्रेसका बूढा

नेताहरु अझै हानथाप गरिरहेका छन्।
नेता थापाका अनुसार नयाँलाई अवसर दिएर पार्टीबाट सन्यास लिने वा जोगी हुने भन्ने पनि होइन। कार्यकारी जिम्मा नलिइकनै, सांसद मन्त्री नभइकनै पनि पार्टीलाई मद्दत गर्न सकिने गगन बताउँछन् । उनी भन्छन्–“यो मेरो कुरा हो, मैले अरुका लागि भन्दै छैन, सबैले आफ्नो ५५ वर्षको उमेरमा कार्यकारी पदका लागि राजनीति नगर्नुस् भन्ने होइन, अरुले जे गरुन् । मैले यो आफ्नो कुरा गर्दै छु, यो मेरो व्यक्तिगत निर्णय हो ।”

कांग्रेस नेता थापाले विवेकपूर्ण ढंगबाट सोचेर यस्तो निर्णय गरेको बताए पनि ५५ वर्षमै सक्रिय राजनीति त्याग्ने उनको घोषणा निकै चुनौतीपूर्ण देखिन्छ । किनभने, ५५(६० वर्षको प्रौढ उमेर मानिसका लागि सामाजिक राजनीतिक क्षेत्रमा निकै महत्वपूर्ण देखिन्छ । ५८ वर्षको हाराहारीमा निजामति सेवाबाट अवकाश लिनेहरुले पनि सामाजिक क्षेत्रमा सक्रिय काम गर्ने इरादा राखिरहेका हुन्छन् । राजनीतिक दृष्टान्तका लागि हेर्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६४ र ६५ वर्षको उमेरमा पनि शारीरिकरुपमा समेत निकै सक्रिय छन् । यस्तो उमेरमा गगन थापा राजनीतिको उच्च तहमा सेवारत रहनका लागि परिपक्व बन्न सक्छन् ।

नेपाली कांग्रेस पुराना नेताहरुको बाहुल्य रहेको पार्टी हो । अबको १५ वर्षपछि गगनका उमेरका नेताहरु ५० र ६० को हाराहारीमा पुग्नेछन् र उनीहरुले पार्टी तथा देशको नेतृत्व गर्नुपर्ने बेला हुन सक्छ । तर, त्यस्तो उमेरमा उनले अवकाश लिए भने पार्टीमा परिपक्व नेताहरुको अभाव खड्कने सम्भावना हुन सक्छ । अहिले ६५ वर्षको हाराहारीमा पुग्दासम्म उच्च तहको जिम्मेवारीमा पुग्न नपाइरहेका शेखर कोइराला, कृष्णप्रसाद सिटौलाजस्ता नेताहरु मुख्य जिम्मेवारीमा नपुगेको स्थितिलाई हेर्ने हो भने ५५ वर्षमै सक्रिय राजनीतिबाट बाहिरिने गगनको घोषणा अलिकति अवैज्ञानिक एवं आवेगपूर्ण भयो कि भन्नेहरु पाइएको छ।

प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।