काठमाडौ। नक्कलमा अक्कल गर्न जानेपछि नक्कली पनि सक्कली भन्दा कम नहुने प्रमाणित भएको छ। भारतका चर्चित योगगुरु रामदेव जस्तै दूरुस्तै अर्काका रामदेव देखिएका छन्। जसले रामदेव बाबाको हुबहु नक्कल गर्छन। आफूलाई रामदेव नै बनाउने प्रयासमा सफलता पनि पाएका छन्।

Nakkali Ramdev

यी तस्बीरमा देखिएका नक्कली रामदेव भारतकै नागरिक सञ्जय तलबार हुन्। सञ्जय तलबार नक्कली रामदेव बनेरै भएपनि आफ्नो गुजारा गर्दैआएको खुलासा भएको छ। दूरुस्तै रामदेव जस्ता देखिने तलबारका जीउडाल तथा आँखा समेत रामदेवका जस्तै देखिएका छन्। रामदेवले जस्तो योगा सिकाएर गुजारा चलाउने कार्य भने यी नक्कली रामदेवले गरेका छैनन्।

Nakkali Ramdevरामदेव जस्तै बनेर विभिन्न विज्ञापनमा खेल्ने तथा अभिनय गर्ने कार्य भने उनले गरेका छन्। सक्कली रामदेववाट अत्यन्त प्रभावित रामदेवको योगा हेरेर योगा सिक्ने कार्य पनि गर्न थालेका छन्। निकट भविष्यमा रामदेवल जस्तै योगा सिकाउने उनको योजना रहेको छ। नक्कली रामदेवको भारतमा विस्तारै विस्तार प्रभाव देखिन थालेयता सक्कली रामदेवलाई पो असर पर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त गरिन थालेको छ। भारतीय जनताहरु भने सक्कली तथा नक्कली रामदेव चिन्न नसकेर हैरान बनेका छन्।

प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।