Young Picasso Art 3काठमाडौ। ललितपुरको सौगल स्थित योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा पाटन संग्रहालयमा वाटर कलर आर्ट प्रदर्शनी शुक्रबारवाट प्रारम्भ भएको छ। नेपालका बरिष्ठ चित्रकार मदन चित्रकारले क्यानभान्समा अमूर्त चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका थिए।

Young Picasso Art 2माध्यमिक कक्षामा अध्ययनरत पाँच प्रतिभाशाली विद्यार्थीहरले वाटर कलरको माध्यमवाट तयार पारिएका विभिन्न ४३ वटा चित्रहरु प्रदर्शनीमा राखिएको छ। जेठ ३२ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा प्रशान्त रञ्जित, सन्दिप महर्जन, अजस्ना शाक्य, युस्मा हाडा तथा रिता कायस्थका चित्रहरु रहेका छन्।

Young Picasso Art 1आयोजक योङ्ग पिकासोका कार्यकारी निर्देशक तथा प्रसिद्ध कलाकार अजय देसारले नयाँ कलाकारका पहिचान तथा उनीहरुको प्रतिभा प्रदर्शन गर्ने प्रमुख उदेश्यले प्रदर्शनीको आयोजना गरिएको बताएका छन्।

Young Picasso Art 4

प्रकाशन मिति–२०७३ साल जेठ २८ गते शुक्रबार ।