काठमाडौ । अमेरिकामा सम्पन्न यो वर्षको अस्कर अवार्डमा ‘मुनलाइट’ले सर्वोत्कृष्ट फिल्मको अस्कर अवार्ड जितेको छ । कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड ‘म्यान्चेस्टर बाइ द सी’ का अभिनेता क्येसी याफ्लेले जितेका छन्।

Oscar Awardsएम्मा स्टोनले फिल्म ला ला ल्याण्डबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन्। ‘ला ला ल्याण्ड’ फिल्मका लागि डेमियन स्येजल उत्कृष्ट निर्देशकमा अवार्डेट भए। उत्कृष्ट एनिमेटेड चलचित्र जुटोपिया ठहरिएको छ।

एनिमेटेड सर्ट फिल्मको उपाधी पाइपरले जितेको छ। बेष्ट सपोर्टिङ एक्टरतर्फको उपाधि पहिलो पटक मुस्लिम समुदायका नायक महेरशालाले मुनलाईट फिल्मबाट जितेका छन्। सपोर्टिङ रोल महिलातर्फ फेसेज फिल्मबाट कविओला डेबिसले बाजी मारिन् । चलचित्र जंगल बुकले बेष्ट भिजुएल इफेक्ट्सको उपाधी पाएको छ।

अवार्ड वितरण कार्यक्रममा ला ला ल्याण्डलाई शुरुमा सर्बश्रेष्ठ फिल्म घोषणा गरिएको थियो । फिल्मका निर्देशक, निर्माता र कलाकारले अवार्ड लिएपछि निर्देशकले सम्बोधन गर्दै गर्दा ला ला ल्याण्डलाई सर्वोत्कृष्ठ फिल्म घोषणा भूलवश भएको भन्दै उनीहरुलाई रोकेर अवार्ड मागिएको थियो । यसपछि मात्र मुनलाइटलाई सर्वोत्कृष्ठ फिल्मको अवार्ड दिइएको थियो।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।