Miss World 2015 Aकाठमाडौ। यो बर्षको विश्व सुन्दरी स्पेनकी सुन्दरी बनेकी छन्। चीनको दक्षिणी शहर सान्यामा आयोजित यो बर्षको विश्व सुन्दरी प्रतियोगितामा स्पेनकी २३ बर्षिया मोडल मिरीया लालागुना रोयो विश्व सुन्दरी–२०१५ बनेकी छन्। विश्वका १ सय भन्दा एक से एक सुन्दरीहरुलाई पछाडि पारेर विश्व सुन्दरी बनेकी मिरीया शनिवार विश्व सुन्दरी–२०१५ घोषणा हुनासाथ खुशी थाम्नै नसकेर रोएकी थिइन्।

Miss World 2015 C

सोही प्रतियोगितामा रुसकी सुन्दरी सोफिया निकिचुक फस्ट रनरअप र इन्डोनेसियाकी सुन्दरी मारिया हारफाँती सेकेण्ड रनर अप बनेकी थिइन्। दक्षिण अफ्रिकाकी गत बर्षकी विश्व सुन्दरी रोलेने स्ट्राउसले यो बर्षकी विश्व सुन्दरी रोयोलाई विश्व सुन्दरीको ताज पहिराई दिएकी थिइन्।

Miss World 2015 F ma Miss nepal

नेपालबाट सहभागी बनेकी मिस नेपाल २०१५ इभाना मानन्धरले विश्व सुन्दरीको प्रतिस्पर्धात्मक राउण्डमा जाउं–जाउं रेलैमा बोलको गीतमा नृत्य प्रस्तुत गरेर सवैको वाहवाही पाएतापनि कुनै ताज भने जित्न सकिनन्। मिस नेपाल इभानाले नेपालमा बैशाख १२ र २९ गते आएको विनाशकारी महाभूकम्प गरेको विनाशका बारेमा डकुमेन्ट्री प्रस्तुत गर्दा सवैको आँखा रसाएका थिए।

Miss World 2015 DMiss World 2015 EMiss World 2015 B

प्रकाशन मिति–२०७२ साल पुष ५ गते आइतवार ।