Sinior Film Journalist Sabin Shakya
Sinior Film Journalist Sabin Shakya

काठमाडौ। नेपाली चलचित्रमा रंगपत्रकारहरु चलचित्र निर्माता तथा प्रस्तुतकर्ताको रुपमा क्रमिक रुपमा देखा परेका छन्।

यसैक्रममा तीन दशक देखि नेपालमा रंगपत्रकारका रुपमा कार्यरत रंगपत्रकार सविन शाक्य पनि चलचित्र निर्माता तथा प्रस्तुतकर्ता बनेका छन्।

हाल प्रदर्शनको क्रममा रहेको चलचित्र ब्लाँक डायरीको लेखक तथा प्रस्तुतकर्ताको रुपमा रंगपत्रकार शाक्य देखिएका छन्। सुजन घिमिरेको निर्देशन रहेको चलचित्र ब्लाँक डायरी स्टन्ट, थ्रील र मिसनमा आधारित आधुनिक चलचित्र भएको निर्माण युनिटको दावी रहेको छ।

Black Dairy 1

बर्तमान युवाहरुलाई मध्यनजर गरेर उनीहरुकै पूर्ण मनोरञ्जनका लागि चलचित्र ब्लाँक डायरी आफूले निर्माण गरेको रंगपत्रकार शाक्यले भिजन संसारलाई भनेका छन्। शाक्यका अनुसार चलचित्रमा बाइक स्टण्ड र मर्डर मिस्त्रीमा आधारित रहेको छ।

Black Dairy 4

जसमा भुवन केसी, पूजा भट्ट, रमेश सिंह ठकुरी, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बालदीप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्र ब्लाँक डायरी नयाँ बर्ष २०७४ को बैशाखमा रिलिज हुने भएको छ।

Black Dairy 6प्रकाशन मिति–२०७३ साल माघ १६ गते आइतवार ।