Mr.Prem Sagar Karmacharya-Recorded Blood Donar of Nepal.
Mr.Prem Sagar Karmacharya-Recorded Blood Donar of Nepal.

रुपन्देही । स्वयंसेवी रक्तदाताहरुवाट उपलव्ध अमूल्य रगतलाई निःशुल्क रुपमा सेवाग्राहीले पाउने व्यवस्था गनुपर्ने रक्तदाताहरुले माग गरेका छन्। रगत आवश्यक परेका सोवग्राहीवाट सेवाशुल्कको नाममा रकम लिन कामलाई बन्द गरि यसको भार सरकारले लिनुपर्ने भन्दै उनीहरुले सुझाव समेत दिए।

Prem Sagar Karmacharya Rupandehi 2

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनमा बोल्ने बक्ताहरुले सेवाभावनाका साथ रक्तसञ्चारको काममा अग्रसर रहेको नेपाल रेडक्रसले सेवाशुल्कको नाममा चर्को मूल्य लिएर सेवाग्राहीवाट रकम असुल्ने काम बन्द गर्नुपर्ने बताए। कार्यक्रमको उद्घाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदाता बढेपनि यसको व्यवस्थापनको जिम्मेवार पक्षको कमजोरीका कारण धेरै सेवाग्राही मर्कामा परेको दावी गरे।

Prem Sagar Karmacharya Rupandehi 3

रक्तदाताहरुले सदभावकासाथ दान गरेको रगतलाई यो वा त्यो नाममा पैसा असुल्ने काम भएको कर्माचार्यले भण्डाफोर समेत गरे। राज्यले निःशुल्क मात्र भन्ने होइन, त्यसलाई व्यवहारमा पनि गरेर देखाउनु पर्ने माग कर्माचार्यको रहेको छ। कर्माचार्यले रक्त सञ्चार नीतिलाई आलोचनात्मक समर्थन गरेको समेत कर्माचार्यले भनेका छन्। नीजि संस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी स्वागतयोग्य भएपनि नीजि संस्थाहरुले निःशुल्क रगत वितरण गर्ने कार्यमा शंका रहेको पनि कर्माचार्यको भनाई रहेको छ।

Prem Sagar Karmacharya Rupandehi 1

हाल पनि कयन स्थानमा बिचौलियाहरुले शुल्क लिइरहेको भन्दै कर्माचार्यले नाममात्रको निःशुल्कको रटान सरकारले लगाइरहेकोमा कमाचार्यले दुःखेसो समेत गरे। कार्यक्रममा रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले शाखाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, नवलपरासी शाखाका अध्यक्ष धर्मराज लुइँटेल, चितवन शाखा अध्यक्ष ध्रुब थपलिया लगायतले रगत व्यवस्थापनमा सरकार गंभीर हुनुपर्ने बताए।

कार्यक्रममा बर्षभरिमा नियमित रक्तदान गरेर संस्थालाई सहयोग गर्ने व्यक्ति, पत्रकार तथा विभिन्न संघ–संस्थाहरुलाई प्रमुख अतिथि कमाचार्य र जिल्ला अध्यक्ष क्षेत्रीले सम्मानपत्रवाट सम्मानित गरेका थिए।
प्रकाशन मिति–२०७३ साल माघ १० गते सोमवार ।