Rock House progm 3काठमाडौ। प्रत्येक नयाँ बर्षहरुमा विविध कार्यक्रम हुंदैआएको छ। नेपालीहरुको घर–आँगनमा भित्रिन लागेको नयाँ बर्ष २०७४ सालको अवसरमा पनि विविध कार्यक्रम हुने भएको छ। यसक्रममा विगतका वर्षहरुमा जस्तै काठमाडौको रातोपुलस्थित रक हाउस क्याफेमा नयाँ वर्ष २०७४ को अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।

Rock House progm 1

Rock House progm 2

क्याफेका सञ्चालक सुमन राईका अनुसार यस पटक पृथक किसिमले नेपाली टिपिकल सांस्कृतिक कार्यक्रम हुने भएको छ। विगतमा गायनलाईमात्र प्राथमिकता दिईएको थियो भने यो पटक ख्याति प्राप्त कलाकारहरुको साथमा बिविध मनोरञ्जनात्मक साँस्कृतिक खुराक पस्केर ग्राहक एवं श्रोता, दर्शकलाई भरपूर मनोरञ्जन गराउने सोच क्याफेले लिएका सञ्चालक राईले भनेका छन्।

 

नयाँ वर्ष २०७४ को शुभ कामना आदान–प्रदानको कार्यक्रम समेत रहेको सो कार्यक्रमा पपुलर लेडी–डिज तथा डिजेक्वीन, डिजे मार्ली, गेष्ट डिजे विट्रीक्स दार्जलिङ्गका साथमा नृत्य नायिका तथा मोडल निशा पोमो, मोडल लक्ष्मी योङ्गहाङ, गायनमा सुनिता थेगिम्, अमृता सम्बाहाम्फे तारा थेबे, सुष्मा लिवाङ, मिना राई आदिको धमाकेदार प्रस्तुति रहने भएको छ।

शैलेन्द्र थेबे, रुपा आङ्बुहाङ र बविता फोम्बोको संयोजकत्वमा हुन लागेको ‘नयाँ वर्ष २०७४ विबिध साँस्कृतिक कार्यक्रम’ यही चैत्र ३१ गते साँझ रक हाउस क्याफेको हलमा हुने पनि भनिएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २३ गते बुधवार ।