काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको माहोल रन्किदै गएको छ। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा यतिखेर चुनावी प्रचार तीव्र गतिमा चलिरहेको छ। सबैले आ–आफ्ना एजेण्डासहित मतदातालाई प्रभावित पार्न विकासे एजेण्डा बाँड्ने काम गरेका छन्।

विकासे एजेण्डा बाँड्नेमा नेपाली कांग्रेसका पूर्व र बहालवाल मन्त्रीहरु निकै कदम अघि छन्। यस भन्दा अघि पनि निर्वाचित भएका र निर्वाचनपछि जनताको घरदैलोमा एक–पटक पनि नपुगेका उनीहरु फेरि कृतिम मुस्कानसहित जनताको घरदैलोमा पुग्दा अधिकांश मतदाताले घुमौरो पाराले उनीहरुलाई व्यंग्य गर्ने गरेको पाइएको छ। सिंहदरवारबाट झण्डा हल्लाउँदै वालुवाटार र मन्त्री क्वाटर कुद्ने अधिकांश पूर्व र बहालवाला कांग्रेसका मन्त्री तारे होटलका गोष्ठी र सेमिनारमा डलरवालाले गरेका कार्यक्रममा सुकिलो–मुकिलो भएर चर्का भाषण गरे पनि मतदाताको घरदैलोमा भने नपुगेको गुनासो राजधानीका जनताले गर्ने गरेका छन्।

यस्तो गुनासो गर्नेमा अन्य क्षेत्र जस्तै काठमाडौँ क्षेत्र नम्बर–९ का जनताले पनि गरेका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कृष्ण गोपाल श्रेष्ठ, डा.अजयक्रान्ति शाक्य र केशव पोखरेलबाट त्यस क्षेत्रका जनताले धेरै ठूलो अपेक्षा गरेको पाइएको छ। यी तीनै जना नेता काठमाडौ क्षेत्र नंबर ९ का जनतालाई आश्वाशन दिने भन्दा पनि आफ्नो क्षेत्रको विकास निर्माणलाई ध्यान दिन थालेका छन्।

हालसम्म जनप्रतिनिधिका रुपमा एक पटक पनि चुनाव नलडेका डाक्टर अजयक्रान्ति शाक्यसहितका वाम गठबन्धनका नेता घरदैलोमा निस्किएपछि यस क्षेत्रका जनता निकै प्रभावित बनेका छन् । जहा–जहाँ यी नेताहरु पुग्ने गर्छन् । त्यहाँ–त्यहाँ उनीहरुले जनताका गुनासा सुन्ने र तत्काल कार्यान्वयनको प्रक्रियामा अघि बढाउने शैलीका कारण थुप्रै कांग्रेसी मतदाता पनि प्रभावित बनेका छन्। अझ निकै लामो समय पर्दा बाहिर रहेर काम गर्दैआएका प्रभावशाली बौद्धिक व्यक्तित्व डाक्टर.शाक्यको काम गर्ने शैली देखेर यस क्षेत्रका वृद्ध–वृद्धा, युवा सबै निकै प्रभावित बनेको पाइएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीको विज्ञान, प्रविधि, सामाजिक, साँस्कृतिक तथा विकास सल्लाहकारका रुपमा काम गरिसकेका डाक्टर शाक्यले काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई विजयी गराउन पनि निकै ठूलो भूमिका खेलेका थिए । देखिएर भन्दा पनि भित्री रुपमा काम गर्न रुचाउने शैलीका डाक्टर शाक्यले अहिले चुनावी मैदानमा ओर्लिएपछि गरेको कामलाई यो क्षेत्रका धेरै मतदाताले उनको काम गर्ने शैलीलाई हिन्दी फिल्म नायकका ‘हिरो’ अनिल कपुरको उपमा दिन थालेका छन्।

Dr. Ajaya Kranti Shakya

वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’ बाट प्रदेशसभाका लागि उम्मेदवार बनेका डाक्टर शाक्यले त्यहाँका जनतालाई सपना बाँड्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘म पहिलो पटक जनप्रतिनिधिका लागि उम्मेदवार बनेको छु,’ डाक्टर शाक्यले भनेका छन्–‘जनतालाई ढुंगा पकाएर आलु पाक्दैछ भन्ने मेरो स्वभाव छैन । यस क्षेत्रका जनतालाई आवश्यक पर्ने बाटो–घाटो, पानीका लागि देखिने गरी पहल गर्ने गरेको छु।’

डाक्टर शाक्यले अहिले यो क्षेत्रमा सबै भन्दा बढी समस्या बाटो र ढलको व्यवस्था र खाने पानीको रहेको भन्दै पहिलो प्राथमिता त्यसैमा रहेको पनि बताएका छन् ‘यहाँका जनताले मलाई रोज्नु हुन्छ कि हुन्न? त्यो उहाँहरुको कुरा भयो,’ डाक्टर शाक्यले अगाडि भने, ‘तर, मैले अहिले मेरो क्षेत्रमा जे–जे को समस्या पर्ने गरेको छ। त्यसत्यसको हल गर्ने प्रयास गर्दै आएको छु। यहाँका जनता निकै खुशी भएको मेरो अनुमान छ।’ उनले यो क्षेत्रको भित्री शहर कला, संस्कृतिको धरोहर भएको क्षेत्र भएको भन्दै आफू निर्वाचित भएपछि दिलोज्यान दिएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

Dr.Ajaya Kranti Shakya in Election Campion of Kathmandu.

प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।