Rabhna Tanudukarकाठमाडौ। प्रतिस्पर्धी ४१ प्रतियोगीलाई उछिन्दै काठमाडौंकी २२ वर्षीया रभ्ना तन्डुकार यो बर्षकी मिस इन्डिजेनियस हेरिटेज नेपाल २०१७ बनेकी छन्। नगद २५ हजारसहित रभ्नाले उक्त उपाधि जितेकी हुन्।

प्रतियोगितामा काठमाडौंका अर्चना प्रधान फस्ट रनरअप घोषित तथा मल्लिका बम्जन तामाङले मिस पिक्चर पर्फक्ट र पब्लिक च्वाइससहित सेकेन्ड रनरअपको उपाधि हात पारेकी छन्। अर्चना र मल्लिकाले क्रमशः १५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन्। कार्यक्रमको आयोजना प्यासिफिट इभेन्ट्स प्रालिले गरेका हुन्।

आदिवासीका मौलिकता र प्रतिभावान् युवतीको प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष फुपूतेन्जिङ शेर्पाले भने।
प्रकाशन मिति–२०७३ साल चैत्र १५ गते मंगलवार ।