Rajesh Dhakwa in USA 2काठमाडौ। नेपालका चर्चित फेसन डिजाइनर राजेश धाख्वाको आरडी फेसन ब्राण्डको अमेरिकामा सार्वजनिक गरिएको छ। न्यूयोर्कको मिडटाउन ५७ स्ट्रीटमामा आयोजित म्यानहटन फेसन सप्ताहमा आयोजित कार्यक्रममा फेसन डिजाइनर धाख्वाले आफ्नो ब्राण्डलाई त्यहाँ सार्वजनिक गरेका हुन्।

ब्राण्ड सार्वजनिक भएको लगतै अमेरिकी मोडलहरुले धाख्वाको फेसन डिजाइनमा र्याम्पमा मनमोहक क्याटवाक गरेका थिए। त्यसरी क्याटवाक गरिदा उपस्थित सवैले वाहवाही गरेर अझ रौनकता बढाएका थिए। धाख्वाको उक्त फेसनमा इन्डो वेस्टर्न फ्युजन रहेको थियो। कार्यक्रममा एसएमजी ग्लोवल न्युयोर्क फेसन वीकका कार्यकारी निर्माता समिना मुगल र फेसन भिजनका एडवार्ड आर सुलेनको समेत विशेष सहभागिता तथा आतिथ्यता रहेको थियो।

Rajesh Dhakwa in USA 3

अन्तरराष्ट्रिय फेसन–शोहरुमा विगत झण्डै २० बर्षदेखि सहभागिता जनाउंदै आएका डिजाइनर धाख्वाले डिजाइनको माध्यमवाट नेपाली फेसनलाई विश्वमा चिनाउंदैआएका छन्।

Rajesh Dhkhwa's Model in USA 1

Rajesh Dhkhwa's Model in USA 2प्रकाशन मिति–२०७२ साल फागुन २२ गते शनिवार ।