rajesh-hamal-singer-1काठमाडौ। मेसेन्जर व्याण्डका चर्चित गायक राजेश हमालको लागि अवार्डको बर्ष भएको छ। एक पछि अर्को गरेर विभिन्न अवार्डले अवार्डेट बनेका गायक हमाल नेपाल बाहिर प्रवास दुबईमा भएको अवार्ड कार्यक्रममा पनि बेस्ट सिंगर अवार्डवाट अवार्डेट बनेका छन्।

त्यसअघि म्युजिक खवर अवार्ड, नेशनल क्यापिटल अवार्ड लगायतका आधा दर्जनभन्दा बढी अवार्ड पाइसकेका गायक हमाल जति बढी अवार्ड त्यति धेरै जिम्मेवारी आफूमा बढ्दै गएको र नेपाली गीत–संगीतको क्षेत्रमा मरेर लाग्न ऊर्जा प्रदान गरेको समेत प्रतिक्रिया व्यक्त गरेका छन्।

rajesh-hamal-singer-2

वि.सं.२०५२ सालवाट नेपाली पप तथा आधुनिक संगीतमा करियर बनाएर विभिन्न प्रोग्रामको इभेन्ट म्यानेजमेन्ट समेत गरेर देश देखि विदेशसम्म नाम राख्न सफल गायक हमालले १ सय भन्दा बढी गीत गाइसकेका छन्।

प्रत्येक बर्ष हुने विभिन्न पर्वका उत्सव तथा न्यू–इअरहरुमा इभेन्ट म्यानेजमेन्टको प्रोग्राम गर्दै आएका गायक हमालले अमेरिका, बेलायत, दुबई, थाइल्याण्ड लगायतका मुलुकको भ्रमण गरिसकेका छन्।

rajesh-hamal-singer-3प्रकाशन मिति–२०७३ साल पुष ८ गते शुक्रबार ।