Rajesh Hamal singer 1काठमाडौ। पचासको दशकका चर्चित पपस्टार राजेश हमालको गायन यात्राले दुई दशक पूरा गरिसकेको छ। यात्राको क्रममा विभिन्न आरोह तथा अवरोहका माझ निरन्तर गायन यात्रामा संलग्न पपस्टार हमाललाई यो बर्षको म्युजिक खवर डटकमव्दारा आयोजित म्युजिक खवर अवार्डको पप गायन विधामा सर्वोत्कृष्ट गायक अवार्ड हात पारेका छन्।

Singer Rajesh Hamal Awarded in Music Khabar Award
Singer Rajesh Hamal Awarded in Music Khabar Award

विहीवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड कार्यक्रममा गायक हमाललाई उक्त अवार्ड प्रदान गरिएको छ। कट्दैन चिसो रात बोलको गीतको लागि गायक हमाललाई सर्वोत्कृष्ट पपगायक अवार्ड प्रदान गरिएको हो।

यस वाहेक गायक हमालका निष्ठूरी मायालु, नभन मेरो माया, के भयो, माया देऊ जस्ता दर्जना हिट गीतका कारण गायक हमाल सवैको प्रिय गायक बन्दैआएका छन्। त्यसमाथि, पचासको दशकको हिट म्युजिक व्याण्ड मेसेन्जर ब्याण्डका लिड भोकलिष्ट समेत रहेका गायक हमाल सर्वोत्कृष्ट पपगायक अवार्ड पाएपछि भिजन संसारसंगको कुराकानीमा दुई दशक लामो गायन यात्राको कडीको रुपमा उक्त अवार्डलाई लिएको बताएका छन्।

गायक हमाल यसप्रकारको अवार्ड कार्यक्रमले अझ गायनमा निरन्तर लाग्न थप प्रेरणा दिएको समेत भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ३० गते विहीवार ।