Rajesh Hamal's Birthday 3काठमाडौ। उमेरको हकमा आफूलाई अझै जवान मान्ने नेपालका अभिनेता राजेश हमाललेले विहीवार जन्म दिन मनाएका छन्। मानिसको जवानी ३५ बर्षबाट शुरु हुने र ५५ बर्ष पुगेपछि सकिने बताउने अभिनेता हमालले अफिसियली विहीवार आफू ५२ बर्ष पुगेको भनेका छन्। हमालका अनुसार अझै उनी तीन बर्ष सुमधुर जवानीमा छन्। ५५ बर्ष कटेपछि मात्र हमाल प्रौढ उमेरमा पुग्ने छन्।

Rajesh Hamal's Birthday 2वि.सं.२०२१ साल जेठ २७ गते पाल्पाको तानसेनमा जन्मिएको बताइएका अभिनेता हमालको पहिलो आधिकारिक चलचित्र युगदेखि युगसम्म हो। हालसम्म १ सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका हमालका सुपरहिट फिल्महरुमा युगदेखि युगसम्म, कसम, देउता, बसन्ती, अल्लारे लगायतका छन्। धेरै चलचित्रमा अभिनय गर्ने अभिनेता भएतापनि कम मात्र हिट फिल्म दिने हिरोको रुपमा हमाललाई लिइने गरेको छ।

Rajesh Hamal's Birthday 1उमेर घर्किसकेपछि तीनबर्ष अघि मात्र विराटनगरकी मधु भट्टराईसँग विवाह गरेर घरजम गरेका हमाललाई यतिखेर सवैको प्रश्न अव बाउ कहिले बन्ने भन्ने रहेको छ। हमाल भने अझै जवानी छ–केही बर्षपछि बाउ बन्ने भन्ने जवाफ दिनमा व्यस्त देखिन्छ। हमालका निकतवर्तीहरुका अनुसार हमाल ५५ बर्ष पुगेपछि बाउ बन्ने छन्। त्यतिबेलासम्म हमाल पत्नी मधुको उमेर ३५ बर्ष लाग्नेछिन्।
प्रकाशन मिति–२०७३ साल जेठ २८ गते शुक्रबार ।